दोहोरो अंकले घट्यो सेयर बजार

नेपालभ्युज

काठमाडौं। बुधबार सेयर बजार परिसूचमा दोहोरो अंकको घटेको छ । साताको चौथो कारोबार दिन बजार परिसूचक नेप्से १६.६१ अंक (०.८६ प्रतिशत) ले गिरावट भएर १९१७.२८ अंकमा बन्द भएको हो । होटल तथा पर्यटन बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ ।

होटल तथा पर्यटन उपसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ । यता बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै १.२८ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी र उत्पादनमुलक उपसूचक पनि १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ ।

मर्जर सम्झौतापछि कारोबार रोकिएको ग्लोबल आईएमई बैंकको सेयर धितोपत्र बोर्डको नयाँ व्यवस्थाअनुसार खुलेसँगै बुधबार ९.२९ प्रतिशतले गिरावट भएको छ। जसले बैंकिङ उपसूचकमा उच्च गिरावटको लागि सहयोग भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved