सुदूरपश्चिम प्रदेश : १८ सिटसहित कांग्रेस पहिलो, नागरिक उन्मुक्ति बन्यो चौथो दल

नेपालभ्युज

सुदूरपश्चिम प्रदेश : १८ सिटसहित कांग्रेस पहिलो, नागरिक उन्मुक्ति बन्यो चौथो दल

काठमाडौँ  ।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको नतिजा अनुसार सुदूरपश्चिम प्रदेशमा  नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेस  प्रत्यक्षमा १२ र  समानुपातिकमा ६ सिट जिती  १८ सिट सहित पहिलो दल बनेको हो ।

प्रत्यक्षमा  ३ सिट र समानुपातिकमा  ७ सिट गरि १० सिट पाएको  एमालेले तेस्रो दल बनेको छ भने माओवादी  ११ सिट सहित दोस्रो दल बनेको छ ।  प्रत्यक्षतर्फ ८ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ३ सिट हात पारेको  छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले पनि समानुपातिकतर्फ ३ सिट प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ ५ सिटमा जित हात पारेको थियो । त्यस्तै सुदूरपश्चिममा राप्रपा र नेकपा एसले पनि समानुपातिकमा १/१ सिट जितेको छ ।

सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । सुदुरपश्चिममा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी ५३ सांसद निर्वाचित भएका छन् ।

समानुपातिक प्रणालीमा थ्रेसहोल्ड कटाउनका लागि प्रतिनिधिसभामा कुल सदर मतको ३ प्रतिशत र प्रदेशसभामा १.५ प्रतिशत प्राप्त गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved