चुनावपछि पहिलोपटक सत्ता गठबन्धनको बैठक बस्दै, के छन एजेन्डा ?

नेपालभ्युज

चुनावपछि पहिलोपटक सत्ता गठबन्धनको बैठक बस्दै, के छन एजेन्डा ?
फाइल तस्वीर

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि आज सोमबार पहिलोपटक सत्ता गठबन्धनको बैठक बस्दैछ । चुनावी नतिजा अन्तिम चरणमा पुगेसँगै सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको ह्यो । दिउँसो ३ बजे बालुवाटारमा बस्ने बैठकमा चुनावी समीक्षासँगै नयाँ सरकार गठनको विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

यही गठबन्धन कायम रहे पहिला प्रधानमन्त्री को हुने भन्ने विषयमा सहमति हुन बाँकी छ । गठबन्धनभित्र सहमति हुन नसके कांग्रेस–एमाले वा एमाले–माओवादी र अरु दलको समीकरण सक्ने विश्लेषण हुँदै आएको छ ।

चुनावी नतिजा सन्तोषजनक नभएको सत्ता गठबन्धनका नेताहरुले बताउँदै आएका छन् । केही ठाउँमा अन्तर्घात भएको आरोप–प्रत्यारोप पनि भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved