काठमाडौं। पोल्याण्डलाई सहज रुपमा हराउँदै साविक विजेता फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ।
कतारको अलथुमामा रंगशालामा केलियन एम्बाप्पे चम्किएको आइतबार रातिको खेलमा फ्रान्सले पोल्याण्डलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।
फ्रान्सका लागि एम्बाप्पेले २ गोल गरे। पोल्याण्डका लागि रोबर्ट लेवान्डोस्कीले अन्तिममा पेनाल्टी मार्फत सान्त्वना गोल फर्काए।
४४ औँ मिनेटमा जिरोडको गोलबाट फ्रान्सले अग्रता लिएको थियो। यो गोलसँगै जिरोड फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले देशका लागि ५२ गोल गरे ।
एमबाप्पेले ७४ औँ मिनेटमा टिमका लागि दोस्रो गोल गरे । उनले इन्ज्यूरी समयमा ब्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे । यो दुईगोलसँगै एम्बाप्पे सर्वाधिक गोलकर्ताको सूचीमा सबैभन्दा माथि छन् । जारी विश्वकपमा उनको गोल संख्या पाँच पुगेको छ ।
Facebook Comment
Comment