कानूनलाई दूरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृतिको अन्त्य गरौं : प्राध्यापक केसी

उनले जापानले नेपाललाई अर्थतन्त्रलाई बलियो बनाएर अघि बढ्न प्रेरित गरिरहेको पनि बताए ।

नेपालभ्युज

कानूनलाई दूरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृतिको अन्त्य गरौं : प्राध्यापक केसी

काठमाडौं । प्राध्यापक डा खड्ग केसीले कानुनलाई दूरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

जापान युनिभर्सिटिज अलुम्नी एशोसिएशन, नेपाल (जुआन)ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कानुनलाई दुरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृति दक्षिण एसियाली देशहरुमा बढीरहेको उल्लेख गर्दै त्यसको अन्त्य हुनुपर्ने बताएका हुन् ।

उनले जापानले नेपाललाई अर्थतन्त्रलाई बलियो बनाएर अघि बढ्न प्रेरित गरिरहेको पनि बताए । त्यसैगरी मेहनत गरिरहे सफलता हात पार्न सकिन्छ भन्ने कुरा पनि जापानबाट आफूहरुले सिक्नुपर्ने केसीले स्पष्ट पारे । जापानले मेहनत गरेरै समुन्नति हात परेको स्मरण गर्दै नेपालले त्यसैगरी अघि बढन सक्नुपर्ने उनको भनाइ थियो ।

प्राध्यापक केसीले भने, ‘नेपालले जापानबाट सिक्नुपर्ने कुराहरु प्रशस्त छन् । त्यसमध्ये अहिले भन्नुपर्दा जापानको विकास चाँही आर्थिक राष्ट्रवादबाट भएको हो । अर्थात् अर्थतन्त्र बलियो भयो भने समाजका सबै क्षेत्रहरु समुन्नत हुन सक्छन् भन्ने आर्थिक राष्ट्रवाद जापानले अंगालेको हो । सन् १८६७ देखि नै जापानले लिएको यही रणनीति हो । त्यसबाट हामीले सिक्नुपर्ने हुन्छ । अर्को कुरा देशभक्ति ।’

‘आफूले काम गर्ने संस्था, आफूले काम गर्ने कुनै कार्यालय वा देश बन्यो भने मात्रै त्यसको लाभ आफूले पनि लिन सकिन्छ भन्ने देशभक्तिपूर्ण भाव र कानुनको पालना गर्ने संस्कृति त्यहाँ छ । यहाँ हाम्रो दक्षिण एसियामा कानुनलाई दूरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृति छ भने जापानमा चाँही नागरिक होस् कि शासक होस् कानुनको पालना चाँही असाध्यै अनुकरणीय छ । त्यो हामीले सिक्नुपर्ने कुरा हो । अर्को मेहनत गरेर नै सफल हुन सकिन्छ । र, कुनै पनि कुरामा असफल भईयो भनेर हार खाने होइन संस्कृति र मान्यता जापानमा छ । त्यो कुरा चाँही हामी कहाँ यस्ता खालको कामप्रतिको लगाव जस्ता कुराहरु हामीले सिक्न सक्यौं भने नेपालको विकासमा हामी अगाडि जान सक्छौं भन्ने हो, उनले भने ।’

प्राध्यापक केसीले देशप्रतिको भक्तिभावमा पनि जापानिजहरुले उदाहरणीय काम गरेको चर्चा गरे । उनले जापान बसाइको क्रममा आफ्नो कर्म आफैंले उत्तरदायी भएर गर्नुपर्छ भन्ने सिकेको समेत बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved