भारतीय राजदूतले दिए प्रधानमन्त्री देउवालाई बधाई

नेपालभ्युज

भारतीय राजदूतले दिए प्रधानमन्त्री देउवालाई बधाई

काठमाडौं। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई दिएका छन् ।

शान्तिपूर्ण तरिकाले चुनाव सम्पन्न गराएको तथा आफूले पनि चुनाव जितेको भन्दै राजदूत श्रीवास्तव प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई बधाई तथा शुभकामना दिएका हुन् ।

भेटमा द्विपक्षीय हित र सहयोग आदान प्रदानको विषयमा पनि छलफल भएको भारतीय दूतावास स्रोतले जनाएको छ । राजदूत श्रीवास्तवले यसअघि मंसिर १० गते प्रधानमन्त्री देउवालाई भेटेका थिए ।

मतगणना जारी रहेकै बेला उनले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेपछि आलोचना भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved