हर्क साम्पाङले भने- बालेन शाहमाथिको घेराबन्दी निन्दनीय छ

यी सन्दर्भहरूलाई हर्कराज साम्पाङले बालेनमाथिको घेराबन्दीको रूपमा बुझेका छन् । 

नेपालभ्युज

हर्क साम्पाङले भने- बालेन शाहमाथिको घेराबन्दी निन्दनीय छ

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहमाथि घेराबन्दी भएकाे भन्दै त्यो निन्दनीय भएको बताएका छन् ।

शनिवार बिहान आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमार्फत एक स्टाटस पोस्ट् गर्दै उनले यस्तो बताएका हुन् । ‘स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेराबन्दीमा पारिएको छ, त्यो निन्दनीय छ,’ उनले भनेका छन् ।

कथाले स्वतन्त्रहरू एक हुने बेला आएकाे उनले बताएका छन् । आफ्नो साथ बालेनलाई भएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘यो बेला अरुले साथ देऊन् नदेऊन् । तर, मेरो साथ सधैँ रहनेछ ।’

त्यसअघि उनले भनेका छन्, ‘कथाले माग्यो अब ! स्वतन्त्रहरू एक बन्ने बेला आएको छ ।’

यसअघि काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाएका बालेनको कदमलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तमासा गरेको भनेका थिए । यसपछि बालेनले लामो स्टाटस राख्दै जवाफ फर्काएका थिए ।

यसपछि अमेरिकी प्रतिनिधिहरूसँगको भेटको सन्दर्भलाई लिएर एमालेकै नेता भीमबहादुर रावलले पनि बालेनमाथि प्रश्न उठाएका थिए । जसको पनि उनले जवाफ फर्काइसकेका छन् ।

यी सन्दर्भहरूलाई हर्कराज साम्पाङले बालेनमाथिको घेराबन्दीको रूपमा बुझेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved