हालसम्म यी राजनीतिक दलहरुले पाए राष्ट्रिय पार्टीको मान्यता

नेपालभ्युज

हालसम्म यी राजनीतिक दलहरुले पाए राष्ट्रिय पार्टीको मान्यता
फाइल फोटो

काठमाडौं । निर्वाचन आयोगले हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ ।  निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार (आज) अपरान्हसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएको औंपचारिक जानकारी गराएका हुन्  ।

जस अनुसार एमालेले सबैभन्दा बढि मत प्राप्त गरेको छ । समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ७५ मत गणना भईसकेको छ । प्रवक्ता वाग्लेले दोलखा, बाजुरा र स्याङजा जिल्लामा भने मतगणना चालू रहेकाले त्यसको परिणाम आउन बाँकि रहेको स्पष्ट पारे । उनले भने, ‘हालसम्म आज २०७९ साल मंसीर १६ गते ४ बजेसम्म १ करोड ३ लाख ८२ हजार ७५ समानुपातिकतर्फको मतगणना भएको डाटा आयोगमा इन्ट्रि भईसकेको अवस्था छ । सिष्टममा इन्ट्री भईसकेको आधारमा त्यो गणना भएको मतको आधारमा ७ वटा राजनीतिक दलहरुले सदर मतको ३ प्रतिशत मत कटाउनु भएको देखिन्छ ।’

‘सम्भवत दोलखा, बाजुरा र स्याङजा जिल्लाको मत गणना समाप्त भईसकेपछि समानुपातिक निर्वाचन प्रणाली अन्तरगतको दलले प्राप्त गरेको समानुपातिक मत निक्र्यौल गर्न सकिन्छ । सम्भवतः अव धेरै दिन नलाग्ला । मत गणना सुरु भईसकेको छ ती ठाउँहरुमा पनि । अव हामी अनुमान गरौं–२० गते भित्र समानुपातिक निर्वाचन प्रणाली अन्तरगत राजनीतिक दलहरुले प्राप्त गरेको मत संख्या निक्र्यौल गर्न सकिन्छ, उनले भने ।’

आयोगले ४ दिन भित्र समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न हुने अनुमान समेत गरेको छ । दलहरुले पाएको मत संख्या अनुसार उनीहरुले बन्द सूचिमा पठाएका समानुपातिक सांसदहरु निर्वाचित हुनेछन । त्यसका लागि आयोगले दलहरुले प्राप्त गरेको संख्या पठाउने र दलहरुले आफूले बन्द सूचिमा पेश गरेका नामावलीको क्रमसंख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउनेछन । त्यसो गर्दा एक तिहाई महिलाहरुको संख्या भने राजनीतिक दलहरुले पठाउनैपर्ने कानुनी व्यवस्था रहेको पनि आयोगका प्रवक्ता वाग्लेले स्मरण गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved