काठमाडौं। बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । बिहीबार बजार परिसूचक नेप्से ११.२२ अंक -०.५८ प्रतिशत) ले वृद्धि भएर १९६१.०६ अंकमा बन्द भएको छ ।
नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि भएको छ । होटल तथा पर्यटन उपसूचक, लगानी उपसूचक र निर्जीवन बिमा उपसूचकमा भने गिरावट भएको छ । बजारलाई नेतृत्व गर्ने बैंकिङ उपसूचक नै ०.९९ प्रतिशतले वृद्धि हुँदा जीवन बिमा उपसूचक सर्वाधिक १.२८ प्रतिशतले बढेको छ ।
बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ८६ करोडमा सीमित भएको कारोबार रकम बिहीबार ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३२ करोड २९ लाख ७२ हजारको कारोबार भएको छ ।
बिहीबार नेप्सेमा १९६ कम्पनीको सेयर कारोबार भएकोमा १०७ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ८४ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ५ कम्पनीको सेयरमूल्य स्थिर छ ।
Facebook Comment
Comment