अल नासरले गर्यो रोनाल्डोलाई २०० मिलियन यूरोको प्रस्ताव

नेपालभ्युज

अल नासरले गर्यो रोनाल्डोलाई २०० मिलियन यूरोको प्रस्ताव

काठमाडौं। साउदी अरेबियाको फुटबल क्लब अल नासरले क्रिस्टियोनो रोनाल्डोको लागि २०० मिलियन यूरोको लिखित सम्झौंता प्रस्ताव गरेको छ।

इटालीका खेल पत्रकार फब्रिजियो रोमानोले बुधबार सार्वजनिक गरेको भिडियोमा अल नासरले रोनाल्डोलाई आबद्ध गर्न लिखित सम्झौंता नै प्रस्ताव गरेको जनाएका हुन्।

कतार विश्वकपमा व्यस्त रोनाल्डोलाई अल नासरले जुन २०२५ सम्मको लागि हरेक सिजन पारिश्रमिक स्वरुप २०० मिलयन यूरो बराबरको सम्झौँता प्रस्ताव गरेको पत्रकार रोमानोले जनाए।

यद्यपि, रोनाल्डोको प्रायोजनबारे सबै बुँदाहरु विस्तारपूर्णक उनका वकिल र सरोकारवालाहरुले अध्ययन गरिरहेका छन्।

विश्वकपमा व्यस्त रोनाल्डोले भने विश्वकपश्चात मात्र कुनै क्लबसँग जोडिने देखिन्छन्। अध्यनपश्चात सम्झौँताबारे रोनाल्डोले निर्णय लिने छन्।

एक टेलिभिजन अन्तावर्तामा रोनाल्डोले म्यान्टेष्टर यूनाईटेडको अवस्थाबारे र क्लबका मुख्य प्रशिक्षक एरिक टेन ह्यागसँगको सम्बन्धबारे बोलेपश्चात तनाव उत्पन्न भएको थियो।

मंसिर ६ मा रोनाल्डो र यूनाईटेडबीचको आपसी सम्झदारीमा सम्झौँता रद्द भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved