एआईजी बढुवाका लागि आयोगको सहमति

आगामी आईजीपी बन्न कस्को होला पहिलो नम्बरमा बढुवा ?

नेपालभ्युज

आगामी आईजीपी बन्न कस्को होला पहिलो नम्बरमा बढुवा ?

काठमाडौं। नयाँ सरकार गठन नहुँदै नेपाल प्रहरीमा रिक्त रहेका चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि निर्वाचन आयोगले सहमति दिएको छ। गृहमन्त्री बालकृष्ण खाँण काठमाडौं आए लगत्तै एआइजी बढुवाका लागि सहमति मागिएपछि आयोगले सहमति दिएको हो ।

‘गृह मन्त्रालयलाई एआईजी बढुवाका लागि अनुमति मागेको थियो, आयोगले सहमति दिएको छ’, मन्त्रालयका एक अधिकारीले भने।आयोगले सोमबार दिउसो सहमति दिएको हो। आयोगले सहमति दिए लगत्तै २०७९ असारमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापा मध्ये को पहिलो नम्बरमा एआइजीमा बढुवा हुने भन्ने बारेमा प्रतिस्पर्धा चलेको छ।

बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी किरण बज्राचार्य, उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत मीरा चौधरीसहित सन्दीप भण्डारी, दुर्गा सिंह र किरण राणा पनि एआईजीका प्रतिस्पर्धी भएसँगै उनीहरू चार जना एआईजी हुने दौडमा रहेका छन्।

‘डिआइजीहरु कुँवर, राई, सिंह र थापाबीच प्रतिस्पर्धा चलेको छ, अन्य डिआइजीहरु पनि शक्ति केन्द्रको दौडमा रहेका छन्’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो।

एआईजीहरू विश्वराज पोखरेल, मुकुन्दराज आचार्य, अरुणकुमार बीसी र रवीन्द्रबहादुर धानुकले अवकाश पाएसँगै नेपाल प्रहरीमा चार एआईजी पद रिक्त भएपछि सरकारले बढुवाको तयारी गरेको छ।

मधेस प्रदेशका डीआईजी मसाउद आलम खाँ, लुम्बिनी प्रदेशका डीआईजी नलप्रसाद उपाध्याय र सुदुरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्य आइजीपी सिंहका व्याचीहरु पनि प्रतिस्पर्धामा रहेका छन्। तर उपाध्याय र आचार्यको विरुद्धमा आर्थिक अनियमिता गरेको आरोप लागेको छ।

गृहमन्त्रालय र आइजीपी सचिवालयमा परेको उजुरीका कारण उनीहरु बढुवा नहुने संकेत गरेको पनि प्रहरी प्रधानकार्यालयका एक अधिकारीले भने। उनीहरू आईजीपी धिरजप्रताप सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका ब्याचमेट हुन्। अहिले बढुवा हुने डिआइजीहरु मध्येबाट नै आउदो चैतमा आइजीपीमा बढुवा हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved