काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत आज बुधबार समूह सी र डी का चार वटा खेलहरु हुँदैछन् । बेलुका पौने ९ बजे समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ। फ्रान्स २ खेल जितेर यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । ३
अंकसहित दोस्रो स्थानमा रहेको अष्ट्रेलिया तथा एक अंकसहित तेस्रो र चौथो स्थानमा रहेका डेनमार्क र ट्युनिसियाको पनि अन्तिम १६ मा पुग्ने गणितीय सम्भावना कायमै रहेको छ ।
यस्तै राती पौने १ बजे अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरेविया र मेक्सिको बीच खेल हुदैछ । यो टोलीबाट ४ वटै देशको अन्तिम १६ मा पुग्ने सम्भावना छ । पोल्याण्ड ४ अंकसहित शीर्ष स्थानमा छ भने ३ अंकसहित अर्जेन्टिना दोस्रो र समान अंक भएको साउदी अरेविया तेस्रो स्थानमा छ । मेक्सिको एक अंकसहित पुछारमा छ ।
पोल्याण्डसँगको हार वा बराबरीले अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरा छ । त्यसैले यो खेललाई लियोनल मेस्सीको अर्को परीक्षाको रुपमा पनि हेरिएको छ ।
Facebook Comment
Comment