विश्वकप फुटबल

वेल्सलाई ३-० ले पराजित गर्दै इंग्ल्याण्ड राउण्ड अफ १६ मा

नेपालभ्युज

वेल्सलाई ३-० ले पराजित गर्दै इंग्ल्याण्ड राउण्ड अफ १६ मा

काठमाडौं। वेल्सलाई ३-० ले हराउँदै इंग्ल्याण्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। गएराति सम्पन्न खेलमा इंग्ल्याण्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो।

इंग्ल्याण्डको जितमा मार्कुस रासफोर्डले र फिल फोडेनले एक गोल गरे। खेलको ५० औँ मिनेटमा रासफोर्डले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए। ५२ औँ मिनेटमा फोडेनले गोल गरे। ६८ औँ मिनेटमा पुनः रासफोर्डको गोलले इंग्ल्याण्डलाई ३-० को जित दिलाए।

जितसँगै इंग्ल्याण्ड समूह ‘बी’ को विजेता बनेको छ। उसले तीन खेलमा ७ अंक जोडेर शीर्ष स्थान हासिल गरेको छ। वेल्स १ अंकसहित पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved