काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको छ । मंगलबार बजार परिसूचक नेप्से २.९९ अंक (०.१५ प्रतिशत) ले वृद्धि भएर १९५३.३५ अंकमा बन्द भएको छ ।
सोमबार दोहोरो अंकको गिरावट भएको नेप्सेमा मंगलबार सामान्य वृद्धि भए पनि बैंकिङ सहित होटल तथा पर्यटन, उत्पादनमूलक, लगानी, निर्जीवन बिमा र व्यापार उपसूचकमा गिरावट भएको छ ।
दिनभरजसो बजार परिसूचकमा उतारचढाव भए पनि कारोबार रकम भने मंगलबार घटेको छ । आइतबार २ अर्ब नाघेको कारोबार रकम सोमबार पनि करिब डेढ अर्ब रहेको थियो । तर, आज मंगलबार भने कारोबार रकम १ अर्ब पनि पुग्न सकेन ।
मंगलबार नेप्सेमा १९६ कम्पनीको सेयर कारोबार हुँदा १२० कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै, ६७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर छ ।
Facebook Comment
Comment