महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौं : राष्ट्रिय भूमि आयोग

नेपालभ्युज

महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौं : राष्ट्रिय भूमि आयोग

काठमाडौं।  राष्ट्रिय भूमि आयोग, जिल्ला काठमाडौंले सुकुम्वासीहरूको उचित व्यवस्थापन बिना नै काठमाडौं महानगरपालिका डोजर लिएर बस्ती भत्काउन पुगेको आरोप लगाएको छ।

आयोगले सबैको कुरा सुन्दा र बुझ्दा महानगरपालिका नै एकलौटीरूपमा अघि बढेको पाइएको बताएको हो। मंगलबार राष्ट्रिय भूमि आयोग, जिल्ला काठमाडौंका अध्यक्ष श्यामकृष्ण प्रजापतीले महानगर सुकुम्वासीको उचित व्यवस्थापन नै नगरी यस किसिमले अघि बढ्छ भन्ने कल्पना नगरेको बताए।

उनले आयोग अहिले लागत संकलन कार्यमा जुटिरहेको र चुनावका बेला आचारसंहिता लागू भएकाले काम गर्न नपाएको बताए। उनले आयोगले लागत संकलन गरी वास्तविक सुकुम्वासीहरूको पहिचान नगरीकन महानगरले डोजर लिएर सुकुम्वासी बस्ती भत्काउन जाने कुरा उचित नभएको बताए।

उनले सुकुम्वासीलाई कहाँ व्यवस्थापन गर्ने भन्ने बारेमा सोचेर मात्रै महानगर अघि बढ्न आवश्यक रहेको बताए। सोमबार बिना कुनै जानकारी महानगरपालिका डोजर लिएर सुकुम्वासी बस्ती छिरेको भन्दै यस बस्तीमा त्रास पैदा भएको उनको भनाइ छ। उनले यस्ता गतिविधिलाई रोक्न र सही तरिकाबाट व्यवधानको हल निकाल्न वार्ताको विकल्प नरहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved