काठमाडौं। विश्वकप फुटबलमा आज मंगलबार ४ खेल हुँदैछन् । कतारमा जारी विश्वकपमा मंगलबार समूह ‘ए’ र समूह ‘बी’ को खेलहरू हुँदैछन्।
समूह ‘ए’मा इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतार भिड्दै छन्। दुवै खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ।
समूह ‘बी’ मा भने इरान र अमेरिका तथा वेल्स र इङ्ल्यान्ड प्रतिस्पर्धा गर्दै छन्। दुवै खेल राति पौने १ बजे हुँदैछन्।
समूह ‘ए’ मा ४ अङ्कसहित नेदरल्याण्ड्स शीर्ष स्थानमा छ। ४ अङ्क भएको इक्वेडर दोस्रो स्थानमा छ। ३ अङ्क जोडेको सेनेगल तेस्रो स्थानमा छ भने अङ्कविहीन कतार पुछारमा छ।
समूह ‘बी’मा ४ अङ्कसहित इङ्ल्यान्ड शीर्ष स्थानमा छ । ३ अङ्क भएको इरान दोस्रो स्थानमा छ। २ अङ्कसहित अमेरिका तेस्रो स्थानमा छ भने १ अङ्क भएको वेल्स पुछारमा छ।
दुवै समूहका विजेता र उपविजेताले अन्तिम १६ मा स्थान पक्का गर्नेछन्।
Facebook Comment
Comment