समानुपातिक मतगणना: कसको मत कति ?

नेपालभ्युज

समानुपातिक मतगणना: कसको मत कति ?

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत समानुपातिकतर्फकाे मतगणना जारी रहेको छ । सो मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेकाे छ ।

अहिलेसम्मकाे मतगणनाअनुसार नेकपा एमाले २५ लाख  ६०  हजार ९ सय ३९ मतसहित अग्रता लिइरहेको छ । एमालेलाई  पछ्याइरहेकाे नपाली कांग्रेसले अहिलेसम्म २४ लाख २८ हजार ८ सय ८४ मत प्राप्त गरेकाे छ । नेकपा माओवादी केन्द्र १० लाख ८६ हजार आठ सय २२२ मतसहित तेस्राे स्थानमा रहेको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि १० लाख ६७ हजार ५ सय ८६ मत ल्याइसकेकाे छ । यो पार्टी चाैथाे स्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४८ हजार १ सय ५३ मतसहित पाँचाैँ स्थानमा छ ।

यस्तै जनता समाजवादी पार्टीले तीन लाख ४१ हजार २ सय ७२, जनमत पार्टीले २ लाख ८४ हजार ८ सय २८ र नेकपा एकीकृत समाजवादीले २ लाख ६१ हजार ७ सय १० मत प्राप्त गरेकाे छ ।

यो नतिजा ९४ लाख ५२ हजार २७६ मत गणना हुँदाको अवस्थामा हो ।

स्रोत : निर्वाचन आयोग


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved