विश्वकप फुटबल : क्यामरुनविरुद्ध पहिलो हाफमा सर्बियाको अग्रता

नेपालभ्युज

विश्वकप फुटबल : क्यामरुनविरुद्ध पहिलो हाफमा सर्बियाको अग्रता

काठमाडौं। विश्वकप फुटबलमा अहिले क्यामेरुन र सर्बियाबीच प्रतिस्पर्धा भईरहेको छ । कतारको अल जनुब रंगशालामा जारी खेलको पहिलो हाफमा सर्बियाले अग्रता लिएको छ।

पहिलो हाफको इन्जुरी समयमा २ गोल गर्दै सर्बियाले खेलमा २–१ को अग्रता लिएको हो । खेलको २९ औँ मिनेटमा कास्टेलेटोले गोल गर्दै क्यामेरुनलाई अग्रता दिलाएका थिए।

खेलको इन्जुरी समयमा पाभलोभिचले गोल गर्दै खेललाई बराबरीमा पुर्याए। इन्ज्युरी समयमा नै मिलिन्कोभिक–साभिकले गोल गरेका थिए ।

१० औँ मिनेटमा सर्बियाका आलेकसान्दर मित्रोभिचले गरेको प्रहार क्रसबारमा लागेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved