यू–१९ क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमद्धारा प्रदेश १ पराजित, मिलन र अनुरागको अर्धशतक

नेपालभ्युज

यू–१९ क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमद्धारा प्रदेश १ पराजित, मिलन र अनुरागको अर्धशतक

काठमाडौं। यू–१९ क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले प्रदेश १ लाई पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई २१३ रनले पराजित गरेको हो।

यो सुदूरपश्चिमको लगातार चौथो जित हो भने प्रदेश १ को दोस्रो पराजय हो। सुदूरपश्चिम ८ अङ्कसहित शीर्ष स्थानमा छ। २ अङ्कसहित प्रदेश १ पाँचौँ स्थानमा छ। २६५ रनको लक्ष्य पछ्याएको प्रदेश १ १६.३ ओभरमा ५१ रनमा अलआउट भयो। प्रदेश १ का लागि भूपाल दंगालले १० र सुभन गहतराजले ९ रन बनाए।

सुदूरपश्चिमका लागि हेमन्त धामीले ५, आकाश चन्दले ३ र मिलन बोहोराले २ विकेट लिए। हेमन्तले २२ रन खर्चेर ५ विकेट लिए।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पुरै ओभर खेल्दा ९ विकेट गुमाएर २६४ रन बनायो। सुदूरपश्चिमका लागि अनुराग सिंहले ८३ र मिलन बोहोराले ६४ रन बनाए।

मिलनले ६१ बलमा र अनुरागले ७३ बलमा अर्धशतक पुरा गरे। अनुराग र मिलनले तेस्रो विकेटको लागि १२६ बलमा १०० रनको साझेदारी गरे। प्रदेश १ का लागि अभिनय राजवंशीले ४ तथा आशिष मगर र दिपेश कँडेलले २–२ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved