विश्वकप फुटबलमा आज ४ वटा खेल, ब्राजिल र स्विट्जरल्यान्ड राति पौने १० बजे खेल्दै

नेपालभ्युज

विश्वकप फुटबलमा आज ४ वटा खेल, ब्राजिल र स्विट्जरल्यान्ड राति पौने १० बजे खेल्दै

काठमाडौं।  फिफा विश्व कप फुटबलमा आज सोमबार चार वटा खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘जी’ को क्यामरुन र सर्बिया खेल्नेछन् । यो खेल अल जानौबी स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ ।

दोस्रो खेल अन्तर्गत समूह ‘एच’ को अर्को खेलमा दक्षिण कोरिया र घाना बेलुका  पौने सात बजे खेल्ने छन् । खेल एजुकेशन सिटी स्टेडियममा हुने छ ।

आजै हुने तेस्रो खेलमा समूह ‘जी’ का ब्राजिल र स्विट्जरल्यान्ड  राति पौने १० बजे खेल्दैछन् । ब्राजिल र स्विट्जरल्यान्ड आज दोस्रो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा ब्राजिलले सर्बियालाई २–० गोलले पराजित गरेको थियो ।

स्विट्जरल्यान्डले भने क्यामरुनलाई पराजित गरेको थियो । त्यस्तै चौथो खेलमा पोर्चुगलले उरुग्वेसँग खेल्ने छ । समूह ‘एच’ मा रहेको पोर्चुगल र उरुग्वेबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । पोर्चुगल दोस्रो र  उरुग्वे पहिलो जितको खोजीमा हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved