कोषमा आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न सरकार तयार

नेपालभ्युज

कोषमा आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न सरकार तयार

काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न सरकार लागिपरेको बताएका छन् । आईतवार पाँचौ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री कुँवरले समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न सरकार काम गरिरहेको बताएका हुन्।

उनले सामाजिक सुरक्षा कोषको दायरा बढाउदै कार्यविधिमा छुटेका वस्तुहरु समावेश गरी रोजगारी सिर्जना गरी सामाजिक सुरक्षा कोषसँग जोड्ने बताए । मन्त्री कुवरले सामाजिक सुरक्षा कोषमा रहेको एक प्रतिशत करलाई सामाजिक सुरक्षा कोषमा ल्याउने गरी छलफल भइरहेको बताए ।

उनले सामाजिक सुरक्षा योगदान गरेको रकम उत्पादन क्षेत्रमा लगानी गर्दा मात्रै मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताए । मन्त्री कुँवरले कोषले प्रविधिमा आधारित गुणस्तरिय सेवा प्रवाह गर्दै कोषले संकलन रकम कुशलतापूर्वक प्रयोग गर्न आवश्यक रहेको बताए । उनले नेपालमा सरकार अस्थिर भएको भन्दै अब स्थिर सरकार बनाउनु आवश्यक रहेको बताए । उनले दुई तिहाईको सरकार हुँदा समेत स्थिर सरकार बनाउन नसकेकाले सबैले स्थिर सरकार बनाउनको लागि गम्भिर हुन आवश्यक रहेको बताए।

उनले भने,‘सरकारले मुलुकभित्र नै रोजगारी सिर्जना गर्ने गरी प्राथमिकताकासाथ काम गरिरहेको छ । सामाजिक सुरक्षा कोषको दायरा बढाउँदै कार्यविधिमा छुटेका वस्तुहरु समावेश गरी रोजगारी सिर्जना गरी सामाजिक सुरक्षा कोषसँग जोड्ने छौं । समाजिक सुरक्षा कोषमा श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्ने विषयमा छलफल गरिरहेका छौं । सामाजिक सुरक्षा कोषको कर एक प्रतिशत रहेको छ । त्यसलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याउने गरी छलफल भइरहेको छ।’

त्यस्तै,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन बैंक तथा उद्योगहरु अलमलमा परेको बताए । उनले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन कुनैपनि क्षेत्रहरु अलमलमा पर्न आवश्यक नभएको बताए । उनले अलमलमा परेका बैंकिङ क्षेत्र, रोजगारदाता उद्योग तथा प्रतिष्ठानहरुम अलमलमा रहेकाले उद्योग परिसंघ,चेम्बर र वाणिज्य महासंघसँग पनि छलफल गरिरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved