नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार ९२ करोडमा खुम्चियो

नेपालभ्युज

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार ९२ करोडमा खुम्चियो

काठमाडौं। साताको अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । निर्वाचनपछि खुलेको बजारमा लगातार दुई दिन ७÷७ अंकले घटेकोमा तेस्रो दिन ११.५६ अंकले बढ्दै १९३३.५५ अंकमा उक्लिएको हो ।

यद्यपि, ११ अंकमाथिले बढेको बजारमा आज कारोबार रकममा भने गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका यस दिन ९२ करोड ५१ लाख ७४ हजार रुपैयाँ बराबरको २५ लाख ६९ हजार कित्ता सेयर कारोबार भएको छ ।

अघिल्लो दिन ७ अंकले नेप्से घटेको बजारमा १ अर्ब २ करोड माथिको कारोबार भएको थियो ।

आज निर्जीवन बीमा समूह बाहेक १२ वटा समूहको उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी ट्रेडिङ समूहको उपसूचक १.२७ प्रतिशतले बढेको छ भने आज निजीवन बीमा समूहको उपसूचक ०.०४ प्रतिशतले घट्न पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved