प्रहरीको बर्दी लगाएर न्युरोडमा १० तोला सुन लुटपाट, ४ जना पक्राउ

नेपालभ्युज

प्रहरीको बर्दी लगाएर न्युरोडमा १० तोला सुन लुटपाट, ४ जना पक्राउ

काठमाडौं। काठमाडौंको न्युरोडबाट प्रहरी हवल्दारको बर्दी लगाएर १० तोला सुन लुटपाट भएको छ । लुटमा संलग्न आरोपमा प्रहरीले सुमन राईसहित ४ जनालाई पक्राउ गरेको छ ।

आरोपीहरूको साथबाट १ थान पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावअघि न्युरोडमा रहेको सुन बनाउने कारखाना पुलिसको युनिफर्म लगाएर पेस्तोल भिरेर गएका लुटेराहरूले १० तोला सुन लुटेर भागेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंले त्यसबारे जानकारी गराउन बिहिबार दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ । प्रहरीले लुट्न प्रयोग गरिएको पेस्तोल बरामद गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved