रौतहटमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

नेपालभ्युज

रौतहटमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं। रौतहटको सदरमुकाम गौरस्थित एक कपडा पसलमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ।

माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा बुधबार राति आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको हो। प्रहरीका अनुसार जलेर तीन जना घाइते भएका छन्।

कपडा पसलमा आगलागी हुँदा इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी रौतहटले जनाएको छ।

आगलागीमा परी इस्लामका भतिजा महम्मद इसराइल मन्सुरी, महम्मद इमरान र नसिमा खातुन भाइते भएका छन्। घरमा आगो लागेपछि भागेर ज्यान जोगाउने क्रममा लडेर नसिमा घाइते भएका जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

प्रहरीका अनुसार कपडा-डसना पसलसँगै रहेको मोटरसाइकल ग्यारेजमा समेत आगलागीले क्षति पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved