विश्वकप फुटबल : बिहीबार चार खेल हुँदै

नेपाल भ्युज

विश्वकप फुटबल : बिहीबार चार खेल हुँदै

काठमाडौं। विश्वकप फुटबलमा आज बिहीबार चार खेल हुँदैछन्। बिहीबार हुने खेलमा समूह जी र एचका खेलहरू हुँदैछन्।

समूह जीमा स्वीट्जरल्याण्ड र क्यामेरुन नेपाली समयअनुसार दिउँसो पौने ४ बजे भिड्दैछन्। स्वीट्जरल्याण्ड र क्यामेरुनबीचको खेल अल जनुब रंगशालामा हुनेछ।

अर्को खेलमा ब्राजिल र सर्बियाबीच प्रतिस्पर्धा हुनेछ। लुसेल रंगशालामा ब्राजिल र सर्बियाबीचको खेल पौने १ बजे सुरु हुनेछ।

समूह एचमा उरुग्वे र दक्षिण कोरिया बेलुकी पौने ७ बजे आमने सामने हुनेछन्। एड्युकेशन सिटी रंगशालामा उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ।

अर्को खेलमा पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ। स्टेडियम ९७४ मा हुने खेलमा पोर्चुगल र घाना राति पौने १० बजे भिड्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved