विश्वकप फुटबल : जापानद्वारा जर्मनी स्तब्ध

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा जापानले उपाधि दावेदार जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको हो। यससँगै जापानले ३ अङ्क जोडेको छ।

नेपालभ्युज

विश्वकप फुटबल : जापानद्वारा जर्मनी स्तब्ध

काठमाडौं। विश्वकप फुटबलमा जापानले उपाधि दाबेदार जर्मनीलाई हराएको छ।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २–१ गोल अन्तरले स्तब्ध पारेको हो । यो विश्वकपमा आश्चर्यजनक नतिजा आउने क्रम जारी छ ।

यसअघि अर्को एसियाली राष्ट्र साउदी अरेवियाले उपाधि दाबेदार अर्जेन्टिनालाई हराएको थियो ।

जापानका लागि रित्सु डोआन र ताकुमा एसानोले गोल गरे। जर्मनीका लागि काई हाभर्टेजले गोल गरे।

पहिलो हाफको इन्जुरी समयमा हाभर्टेजको गोलबाट जर्मनीले अग्रता लिएको थियो। ७५ औँ मिनेटमा रित्सुकोले गोल गर्दै खेल बराबरीमा पुर्‍यायो । ८३ औँ मिनेटमा ताकुमाले गोल गरेपछि जापानको क्याम्पमा खुसीयाली छाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved