विश्वकप फुटबल : क्रोएसिया र मोरक्कोबीचको खेल बराबरी

नेपालभ्युज

विश्वकप फुटबल : क्रोएसिया र मोरक्कोबीचको खेल बराबरी

काठमाडौं। विश्वकप फुटबलमा उपविजेता क्रोएसिया र मोरक्कोबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। कतारको अल बेत रंगशालामा बुधबार भएको खेलमा क्रोएसिया र मोरक्कोबीचको खेल गोलरहित बराबरीमा सकिएको हो। यससँगै दुवै टोलीले अंक बाँडेका छन्।

निकै प्रतिस्पर्धात्मक बनेको सो खेलमा दुवै टोलीको निरन्तर प्रयासमा पनि गोल हुन सकेन। खेलको १६औँ मिनेटमा मोरोक्कोले राम्रो अवसर गुमायो। मोरक्कोका लागि हकिम जियेचले लिएको फ्रि–किक गोलमा परिणत हृुन सकेन।

खेलको ४०औँ  मिनेटमा मोरोक्कोका लागि जियेचले लिएको फ्रि–किकलाई क्रोएसियाले सहजरूपमा क्लियर गर्न सफल भयो। खेलको इन्ज्युरी समयमा २ राम्रो अवसर गुमायो। लुका मोड्रिचको पहिलो प्रयासलाई गोलरक्षकले सहजै रोके। मोड्रिचले प्रहार गरेको बल क्रसबारमाथिबाट गएको थियो।

क्रोएसियाले पहिलो हाफमा अझै थुप्रै अवसर गुमायो। खेलको इन्जुरी समयमा मोड्रिचले लिएको फ्रि–किकलाई मोरोक्कोले सहजै दिशान्तर गर्न सफल भए। समूह एफको अर्को खेलमा बेल्जियम र क्यानडा राति पौने १ बजे आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved