काठमाडौं- ६ : सर्वेन्द्रलाई हराउँदै शिशिर विजयी

नेपालभ्युज

काठमाडौं- ६ : सर्वेन्द्रलाई हराउँदै शिशिर विजयी

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । एमाले उम्मेदवार सर्वेन्द्र खनाललाई पराजित गर्दै शिशिर  १४ हजार २ सय ४ मतले विजयी भएका हुन् ।

पूर्वप्रहरी महानिरीक्षकसमेत रहेका सर्वेन्द्र खनाल ८ हजार ९ सय ११ मतमा सिमित रहे । तेस्रो स्थानमा रहेका  कांग्रेस उम्मेदवार भीमसेनदास प्रधानले ८ हजार ८ सय ५ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका ४ वटा क्षेत्रमा जित हात पारेको छ । यसअघि काठमाडौं-२ मा सोबिता गौतम, काठमाडौं-७ मा गणेश पराजुली र काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ विजयी भइसकेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved