विश्वकप फुटबल : महिला रेफ्रीले खेलाएको मेक्सिको र पोल्याण्डको खेल बराबरी

यो खेल फ्रान्सकी स्टेफनी फ्रापार्टले खेलाएकी थिइन । पुरुष विश्वकप अफिसियेट गर्ने उनी पहिलो महिला रेफ्री बनेकी छन्।

नेपालभ्युज

विश्वकप फुटबल : महिला रेफ्रीले खेलाएको मेक्सिको र पोल्याण्डको खेल बराबरी

काठमाडौं। विश्वकप फुटबलमा मेक्सिको र पोल्याण्डबीचको खेल बराबरीमा सकिएको छ ।

स्टेडियम ९७४ मा मङ्गलबार भएको खेल गोलरहित बराबरीमा सकिएको हो। यससँगै दुवै टोलीले अङ्क बाँडेका छन्।

पहिलो हाफमा २५ औं मिनेटमा मेक्सिकोले गोल गर्ने राम्रो अवसर गुमायो। दोस्रो हाफको ५७ औँ मिनेटमा पोल्याण्डका लागि रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्न सकेनन् ।

यो खेल फ्रान्सकी स्टेफनी फ्रापार्टले खेलाएकी थिइन । पुरुष विश्वकप अफिसियेट गर्ने उनी पहिलो महिला रेफ्री बनेकी छन्।

अर्को खेलमा साविक विजेता फ्रान्स र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। अल जनुब स्टेडियममा हुने खेलमा फ्रान्स र अस्ट्रेलियाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved