मान बढाउँदै प्रकाशमान, चौथोपटक संसदमा

नेपालभ्युज

मान बढाउँदै प्रकाशमान, चौथोपटक संसदमा

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चौथोपटक संसदमा पुगेका छन् । मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् ।

सिंहले ७ हजार १ सय ४० मत प्राप्त गरेका छन् । मिश्रले ७ हजार ११ मत प्राप्त गरेका छन् । पहिलो संविधानसभा निर्वाचन २०६४, दोस्रो २०७० र प्रतिनिधिसभा निर्वाचन २०७४ मा लगातार जित निकाल्दै सिंहले यस क्षेत्रमा जितको ह्याट्रिक गरिसकेका छन्। ह्याट्रिक यात्रामा २०६४ र २०७० को निर्वाचनमा सिंहले सुविधाजनक जित निकालेका थिए।

तर, २०७४ को प्रतिनिधिसभा निर्वाचन भने अघिल्लो निर्वाचनको तुलनामा निकै प्रतिस्पर्धात्मक रह्यो। वैकल्पिक शक्तिको नारासहित राजनीतिमा आएका तत्कालीन विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले सिंहलाई बलियो टक्कर दिएका थिए। संह १० हजार ९३६ मतसहित विजयी हुँदा मिश्रले १० हजार ११८ मत प्राप्त गरेका थिए ।

यसरी लगातार तीन निर्वाचन जितेर ‘ह्याट्रिकम्यान’ बनेका सिंहले लगातार चौथो जित निकालेका छन् । यो पटकपनि उनको प्रतिस्पर्धा रवीन्द्र मिश्रसँग भएको छ । २०७४ मा विवेकशील साझाबाट तराजु चिह्न लिएर उठेका मिश्र यसपालि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरी हलो चिह्न लिएर उठेका हुन्। पिता गणेमान र माता मंगलादेवी सिंहको राजनीतिक पृष्ठभूमिबाट सिंह हुर्कंदै राजनीतिमा सक्रिय भएका हुन्।

२०४६ सालको राजनीतिक परिवर्तनको नेतृत्व सिंहका बुवा गणेशमान सिंहले गरेका थिए । कांग्रेसका सर्वाेच्च नेता गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहका सुपुत्र भएकाले पनि उनलाई राजनीतिमा सहज मानिएको छ ।

विक्रम संवत २०१२ मा काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका प्रकाशमान कांग्रेसको काठमाडौं जिल्ला सचिव सभापति हुँदै केन्द्रीय सदस्य बनेर उपसभापति भएका हुन् । उनी २०३६ सालमा नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला सभापति भएका थिए । प्रकाशमानले २१ फागुन २०७४ मा देउवासँग कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका थिए ।

देउवाले ४४ मत ल्याएर विजयी भए भने प्रकाशमानले १९ मत मात्रै लगाएका थिए । प्रकाशमान संघीय मामिला तथा उपप्रधानमन्त्री र स्थानीय विकास मन्त्री भइसकेका छन् । कांग्रेसको १४औं महाधिवेसनमा सभापतिका लागि उम्मेदवारी दिएका थिए तर, दोस्रो पटकको मतदानमा सभापतिका लागि शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।

त्यसलगतै निर्वाचनको तयारीमा लागेका सिंहले आफुलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गरेका छन् । निर्वाचन आफ्नो पक्षमा आएसँगै उनले आफुले यसअघि गरेका कामको जनताबाट सहि मूल्याङकन भएको प्रतिकृया दिएका छन् । उनले भने ‘जनप्रतिनिधि र मतदाताबीच विश्वास कायम भएको महसुस गरेको छु ।

मैले विगतमा गरेका कामको सहि मुल्याङ्कन भयो भन्ने ठानेको छु ’ उनले अवको बाटो संविधानको पूर्ण कार्यान्वयन भएको प्रतिकृया दिएका छन् । उनले संघबाट आवश्यक कानुन नबन्दा संघियताप्रति जना निराश रहेको बताए । उनले नैराश्यता हटाउन संसदलाई चलायमान बनाएर आवश्यक कानुन बनाउन नेतृत्वदायी भूमिका खेल्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved