‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको निधन

सञ्चारकर्मसँगै र दलित अधिकारको क्षेत्रमा सक्रिय युवा महावीर विश्वकर्माको निधन भएको छ। दुर्घटनामा परेर मंगलबार बिहान उनको निधन भएको हो।

नेपालभ्युज

‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको निधन

काठमाडौं। सञ्चारकर्मसँगै र दलित अधिकारको क्षेत्रमा सक्रिय युवा महावीर विश्वकर्माको निधन भएको छ। दुर्घटनामा परेर मंगलबार बिहान उनको निधन भएको हो।

मंगलबार बिहान साढे पाँच बजेतिर पूर्व–पश्चिम महेन्द्र राजमार्गको राप्ती नगरपालिका–६ भण्डारानजिक हर्दी चोकमा बिग्रेर राखेको भुस बोकेको ना २ ख ८५२२ नम्बरको ट्रकसँग हेटौंडाबाट नारायणगढतर्फ आइरहेको बा ४ ख ४१२ नम्बरको माइक्रोबस ठोक्किएको थियो।

सोही माइक्रोबसमा रहेका ३५ वर्षका महावीर विश्वकर्मा गम्भीर घाइते भएका थिए। उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा बिहान साढे सात बजेतिर उनको निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए।

महावीर विश्वकर्मा चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता थिए। उनी टेलिभिजन कार्यक्रम निर्माणमा पनि संलग्न थिए। चितवन राप्ती नगरपालिका–४ डडुवा घर भएका महावीर विश्वर्मा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य र जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सचिव थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved