चीनको एक कारखानामा भीषण आगलागी, ३६ जनाको मृत्यु

नेपाल भ्युज

चीनको एक कारखानामा भीषण आगलागी, ३६ जनाको मृत्यु
सांकेतिक तस्वीर

एजेन्सी। मध्य चीनको एउटा कारखानामा आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् ।

सोमबार दिउँसो मध्य चीनको हेनान प्रान्तको आन्याङ शहरको एउटा प्लान्टमा भएको सो आगालागीमा अन्य केही घाइते भएका छन् । आगलागीबारे प्रहरीले अनुसन्धान गरेकोले थप विवरण सार्वजनिक हुन बाँकी नै छ ।

चीनमा औधोगिक दुर्घटना बारम्बार हुने गरेका छन् । सन् २०१९ मा मार्चमा एउटा रसायनिक उद्योगमा लागेको आगलागीमा ७८ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved