निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भयो : प्रधानमन्त्री देउवा

‘प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ’

नेपालभ्युज

निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भयो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि र प्रदेश सभाको निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको बताएका छन् । मतदान सकिएसँगै उनले यस्तो बताएका हुन् । ‘प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ,’ उनले भने ।

निर्वाचन सम्पन्न गराएको भन्दै उनले निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् । उनले थपेका छन्, ‘साथै निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलगायत सबैमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved