राजेश हमालले गरे मतदान, भन्छन्- अर्को चुनावमा उम्मेदवारको रूपमा प्रस्तुत हुनेछु

नेपालभ्युज

राजेश हमालले गरे मतदान, भन्छन्- अर्को चुनावमा उम्मेदवारको रूपमा प्रस्तुत हुनेछु

काठमाडौं। अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन् ।

मतदानपछि उनले अब आफू सक्रिय राजनीतिमा लाग्ने संकेत गरे । अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रूपमा प्रस्तुत हुने उनले बताए ।

‘अबको पाँच वर्षमा मलाई पनि उम्मेदवारको रूपमा देख्नुहुनेछ,’ उनले भने । हमालले यो चुनावले राजनीतिमा ठूलो परिवर्तन आउने संकेतसमेत गरेको बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved