धनगढी। कैलालीमा नेपाली सेनाको ब्यारेक नजिकै अपरिचित समूहले राखेको बम नेपाली सेनाले निष्कृय बनाएको छ ।
गौरीगंगा नगरपालिका वडानम्बर ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो।
जिल्लामा सबै ठाउँमा शान्तिपुर्ण रुपमा निर्वाचन भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।
त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ स्थित कालिका माध्यमिक विद्यालय नजिकको मतदान केन्द्र नजिक भेटिएको ‘शंकास्पद वस्तु’ नेपाली सेनाले निष्कृय पारेको छ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मतदान केन्द्र नजिकै टिनको डिब्बामा शंकास्पद वस्तु फेला परेको हो। अहिले यो क्षेत्रको स्थिति सामान्य रहेको छ। मतदान कार्य जारी छ।
Facebook Comment
Comment