फिफा विश्वकपको ९२ वर्षको इतिहासमा पहिलोपटक महिला रेफ्री सहभागी हुने

नेपालभ्युज

फिफा विश्वकपको ९२ वर्षको इतिहासमा पहिलोपटक महिला रेफ्री सहभागी हुने

काठमाडौं। फिफा विश्वकपको ९२ वर्षको इतिहासमा पहिलोपटक महिला रेफ्री सहभागी हुने भएकी छिन्। पुरूष टोलीले खेल्ने विश्वकप फुटबलमा पहिलोपटक महिला रेफ्री सहभागी हुने भएकी हुन्।

रुवान्डाकी सलिमा मुकासांगा पुरुष टोलीको विश्वकपमा पहिलो महिला रेफ्रीका रूपमा छनौट भएकी छिन्। गत वर्ष उनी अफ्रिका कप अफ नेसनमा रेफ्रीको भुमिकामा देखापरेकी थिइन्।

टोक्यो ओलम्पिकमा पनि उनी रेफ्री थिइन्। ३४ वर्षीया सलिमाले आफ्ना लागि निकै खुशी र गौरवको क्षण रहेको बताएकी छिन्।

‘यसअघि कहिले पनि यस्तो भएको थिएन। मेरा लागि निकै गौरवको क्षण हो। म पहिलोपटक पुरूष टोलीमा रेफ्रीको भुमिकामा उत्रनेछु र यसले अन्य महिला रेफ्रीका निम्ति अवसरको ढोका खोलिदिएको छ,’ उनले भनेकी छिन्। सलिमा सन् २०१२ देखि फिफा रेफ्रीमा सुचीकृत थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved