को थिए ‘टेस्ला’ जसको नामबाट एलन मस्कलाई संसारकै धनी बनाउने ‘मोटर्स’ बन्यो ?

एडिसन र टेस्लाको प्रतिस्पर्धा र दुश्मनी यतिसम्म चर्कियो कि एडिसनले विद्युतीय तरंगको एसी प्रणाली कतिसम्म खतरनाक हुन्छ भनेर देखाउन करेन्ट लगाएर मुसादेखि हात्तीसम्म एक दर्जन जनावर सार्वजनिक रूपमा मारेर प्रदर्शन गरेका थिए।

नेपालभ्युज

को थिए ‘टेस्ला’ जसको नामबाट एलन मस्कलाई संसारकै धनी बनाउने ‘मोटर्स’ बन्यो ?

नेपाल भ्युज। एलन मस्क संसारका संबैभन्दा धनी मान्छे हुन् । फोर्ब्सका अनुसार उनीसँग १९८ बिलियन डलर बराबरको सम्पति छ । भरखरै ट्विटर किनेर उनी थप चर्चामा आएका छन्।

तर, यो सफलता भने उनले मुख्यतः ‘टेस्ला मोटर्स’ बाट पाएका हुन । टेस्ला मोटर्सको स्थापना सन् २००३ मा भएको थियो । एलन मस्क यसका एक प्रारम्भिक लगानीकर्तामध्ये एक थिए । सन् २००४ मा उनी ‘टेस्ला मोटर्स’ को सेयर होल्डर, सन् २००८ मा सबैभन्दा ठूलो शेयरहोल्डर सन् २०१० मा त्यसको सिईओ भए ।

टेस्ला मोटर्स मुख्यतः विद्युतीय कार, ब्याट्री, र सोलर प्यानेल उत्पादन गर्ने अमेरिकी कम्पनी हो । वातावरण र जलवायुमा कुनै दुस्प्रभाव नपर्ने ऊर्जा प्रयोग गरी अटोमोबाइल्स प्रविधिको अनुसन्धान, विकास र उत्पादन गर्नु यो कम्पनीको मुख्य उद्देश्य हो ।

टेस्ला मोटर्सले विभिन्न डिजाइनका विद्युतीय कार उत्पादन गर्दछ । यी कारहरूको ब्याट्रीमा एकपटक जार्च गर्दा ४५० किलोमिटर सम्म दौडिन सक्दछन्। चार्ज गर्न ४० देखि ७५ मिनेट मात्र समय लाग्दछ । एलन मस्को व्यवसायिक स्टार्टअप भने सन् २००२ बाट स्पेस एक्स नामक एरोस्पेस उपकरण बनाउने कम्पनीबाट भएको थियो ।

एलन मस्को जन्म सन् १९७१ मा दक्षिण अफ्रिकाको पेट्रोरियामा भएको थियो । उनका पिता ब्रिटिस र आमा क्यानेडियाली मूलका दक्षिण अफ्रिकी थिए । सन् १९८९ मा मस्क क्यानडा गए र त्यहाँबाट सन् १९९४ मा अमेरिका । एलन मस्क फिजिक्स र इन्जिनियरिङका विद्यार्थी हुन् ।

एलन मस्को प्रवेशअघि नै टेस्ला मोटर्सको स्थापना भइसकेको थियो । टेस्ला मोटर्स कम्पनीका संस्थापक मार्टिन इवेनहार्ड र मार्क टार्पेनिङ मानिन्छन् । मस्क त्यसका ५ सहसंस्थापक मध्ये एक हुन्। यहाँ चर्चा गर्न खोजिएको विषय भने एलन मस्को आर्थिक उन्नतिको हैन । एलन मस्कलाई आर्थिक उन्नतिको चरमचुलीमा पुर्‍याउने ‘टेस्ला’ शब्द कहाँबाट कसरी लिइएको थियो भन्ने हो ।

‘टेस्ला’ अंग्रेजी वा अमेरिकन मूलको शब्द हैन । यो सर्वियाली जातिको एक थर हो । महान् आविष्कार निकोला टेस्लाको नामबाट ‘टेस्ला’ आज विद्युतीय कारको ब्रान्ड बन्न सफल भएको हो ।

निकोला टेस्ला विज्ञान आबिष्कार जगतका एक अद्भूत, चमत्कारिक किंवदन्ती पुरुष थिए । उनको जन्म सन् १८५६ मा एक सर्बियाली परिवारमा भएको थियो । उनको जन्म गाउँ त्यो समय अस्ट्रेलियाली–हंगेरियन साम्राज्यभित्र पर्दथ्यो आज त्यो क्रोएसियामा पर्दछ । उनले अस्ट्रेलियाको ग्रेज र चेकोको प्राग विश्वविद्यालयबाट गणित र विज्ञान पढेका थिए ।

१७ वर्षको उमेरमा निकाला टेस्ला गाउँबाट हराए, त्यसपछि उनी कहिल्यै आफ्नो गाउँ, देश र परिवारको सम्पर्कमा फर्केनन् । उनको गाउँमा उनी उत्तरी क्रोएसियाको एक नदीमा बगेर मरेको हुन सक्ने हल्ला चल्यो । तर, खासमा हंगेरीको राजधानी बुढापेस्ट गएका थिए । त्यहाँ उनी एक विद्युतीय वर्कसपमा काम गर्न थाले । त्यस वर्कसपले ब्याट्री, मोटर र डाइनामो बनाउँथ्यो।

संसारमा विद्युतीय तरंगको भरखरै आविष्कार भएको थियो, विख्यात आविष्कारक थोमस एल्बा एडिसनले यसलाई प्रत्यक्ष तरंग ( डिसी) प्रणालीमा उपयोग गर्न थालेका थिए ।

टेस्लाले ब्याट्री, मोटर र डाइनामोको रिडिजाइनमा ठूलो योगदान गरे । त्यसपछि, उनलाई पेरिस स्थिति एडिसनकै एक कम्पनीमा काम दिइयो त्यहाँ उनी १२ वर्ष मात्र बसे । सन् १८८४ मा उनी पेरिसबाट अमेरिकाको न्युयोर्क पुगे । थोमस एल्बा एडिसनकै कम्पनीले उनलाई अमेरिका लगेको थियो ।

न्युयोर्कमा टेस्ला थोमस एल्बा एडिसनका अबिष्कार सहयोगीका रूपमा काम गर्न थाले । एडिसनले उनलाई डिसी डाइनामो मोटर आविष्कार गर्न सके ५०,००० डलर दिने वचन दिए । त्यो त्यतिखेरका लागि निक्कै ठूलो रकम थियो ।

नभन्दै टेस्लाले एक महिनाभित्रै त्यसको आविष्कार गरेर थोमस अल्बा एडिसनलाई बुझाए । तर, एडिसनले टेस्लालाई त्यसको पैसा दिएनन् । एडिसन र टेस्लाको सम्बन्ध त्यतिखेरै समाप्त भयो । उनले एक मिनट पनि नसोची एडिसनको साथ छोडिदिए । थोमस एल्बा एडिसन र निकोला टेस्लाको मित्रता र सहकार्य अब दुश्मनी र प्रतिस्पर्धामा परिणत भयो ।

एडिसनको डिसी प्रणालीभन्दा राम्रो र उन्नत टेस्लाले विद्युतीय तरंगको एसी प्रणाली आविष्कार गरे । टेस्लाको प्रणालीमा आधारित भएर आज संसारभरि तारद्वारा हाइभोल्टेज विद्युत आपूर्ति गरिन्छ

एडिसन र टेस्लाको प्रतिस्पर्धा र दुश्मनी यतिसम्म चर्कियो कि एडिसनले विद्युतीय तरंगको एसी प्रणाली कतिसम्म खतरनाक हुन्छ भनेर देखाउन करेन्ट लगाएर मुसादेखि हात्तीसम्म एक दर्जन जनावर सार्वजनिक रूपमा मारेर प्रदर्शन गरेका थिए।

एडिसनले त्यसो गर्नुको उद्देश्य टेस्लाले आविष्कार गरेका एसी प्रणालीको विद्युतीय उपयोग नहोस् र उनको डिसी प्रणालीको बजार कायमै रहोस भन्ने थियो । त्यो बेला सर्वसाधारणाले विद्युतीय तरंग के हो, त्यो देखिँदैन र बुझ्दैनथे । एडिसनले तार छुवाएको भरमा जनावर मारेर देखाउँदा टेस्लाले कुनै घातक र मानवताविरोधी आविष्कार गरेको ठानेर विरोध भएको थियो ।

टेस्लाले यसलाई मनमनै निक्कै ठूलो इखको विषय बनाए । उनको आबिष्कारले मानव जातिका लागि कुनै दिन संसारभरि उज्यालो छर्नेछ । नभन्दै टेस्लाको आविष्कार स्वीकार्य भयो । उनको आविष्कारमा आधारित भएर आधुनिक मोटर, ट्रान्समिसन लाइन र ट्रान्सफमर्र बने ।

तर, उनका त्यसपछिका केही आविष्कार भने असफल भए । विशेषत: रेडियो तरंगबारे उनको आविष्कार कुनै निष्कर्षमा नपुग्दै माकोर्नीले रेडियोको अविष्कार गरे । तथापि, निकोला टेस्लाको नाममा २५ वटा अविष्कारको अभिलेख छ ।

थोमस एल्बा एडिसन र निकोला टेस्लाबीचको अर्को तनाव अविष्कारको पेटेन्टमा केन्द्रित हुन्थ्यो । टेस्ला आफ्ना सबै अविष्कार मानवताका लागि हुन्, म पैसा कमाउन यसको प्रयोग गर्दिनँ भन्थे । एडिसन भने आफ्ना प्रत्येक अविष्कारको पेटेन्ट दाबी गर्थे र टन्न पैसा कमाउँथे ।

सन् १९४३ मा न्युयोर्कको एक होटलमा निकोला टेस्लाको निधन भएको थियो। ‘टेस्ला’ तिनै महान् वैज्ञानिक तथा आविष्कारकको नामबाट लिइएको शब्द हो जसको ब्रान्डिङ गरेर एलन मस्क संसारकै सबैभन्दा धनी मान्छे भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved