यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

नेपालभ्युज

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। बिहीबार क्यानले खेल तालिका सार्वजनिक गरेको हो।

तालिकाअनुसार प्रतियोगिता मङ्सिर ७ देखि १९ सम्म सञ्चालन हुने भएको छ।

प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको छ। प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

पहिलो दिन उद्घाटन खेलमा बागमती र गण्डकी आमने सामने हुँदैछन्। दोस्रो दिनदेखि भने २ खेल हुनेछ ।

प्रतियोगिता त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा संचालन हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved