अर्जेन्टिनाले यूएईलाई ५ गोलले हरायो

नेपालभ्युज

अर्जेन्टिनाले यूएईलाई ५ गोलले हरायो

काठमाडौं। मंसिर ४ गते आइतबारदेखि हुने विश्वकप फुटबलको तयारीस्वरुप भएको खेलमा अर्जेन्टिनाले संयुक्त अरब यूएईलाई ५-० गोलले हराएको छ । कतारमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले फराकिलो जित निकालेको हो ।

अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले दुई गोल गरे ।  जुलियन अल्भारेज , लियोनल मेस्सी र जोआकिन कोर्रेयाले एक एक गोल गरे । युएईविरुद्ध अर्जेन्टिनाले पहिलो हाफकै चार गोल गरेको थियो । विश्वकपमा अर्जेन्टिना रहेको समूह ‘सी’ मा मेक्सिको, पोल्याण्ड र साउदी अरेबिया रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved