नेपालमा पहिलो पटक बेष्ट एयरलाइन्स अवार्ड आयोजना हुने

नेपालभ्युज

नेपालमा पहिलो पटक बेष्ट एयरलाइन्स अवार्ड आयोजना हुने

नेपालमा पहिलोपटक बेस्ट एयरलाइन्स अवार्ड २०२२ को आयोजना हुने भएको छ । नेपाली पर्यटनमा हवाई क्षेत्रको योगदानलाई उच्च कदर गर्दै नेपाललाई विश्व जगतमा चिनाउने अभिप्रायले यही आउदो डिसेम्बर १३ मा काठमाडौंमा बेस्ट एयरलाइन्स अवार्डको कार्यक्रमको आयोजना हुन भएको हो ।

बुधबार होटल ह्यायात प्लेसमा पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी दिएको छ । कुल १६ विधामा प्रदान गरिने उक्त अवार्ड नेपाली एयरलाइन्सका लागि मात्र ३ वटा छुट्याइएको छ भने ११ वटा नेपाल भएर अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सहरूका लागि छुट्याइएको छ । बाँकी २ वटा अवार्ड भने हवाई सुरक्षा र सहज बनाउन भूमिका खेल्ने विभिन्न साझेदार मध्यहरुबाट उत्कृष्टलाई प्रदान गरिने आयोजक बानले जनाएको छ ।

विभिन्न माध्यमबाट प्रक्षेपण गरिने जनमत तथा निर्णायक मण्डलको निर्णयका आधारमा तय गरिने यो अवार्डको निर्णायक मण्डलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, होटल द्वारिकाजका अध्यक्ष तथा नेपालका लागि स्पेनका अनररी कन्सुलर अम्बिका श्रेष्ठ, होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष श्रीजना राणा, स्कुल क्लब अफ काठमाडौंका अध्यक्ष प्रविणबहादुर पाण्डे, नाट्टाका पूर्वअध्यक्ष सिएन पाण्डे, पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुर रहेका छन् ।

यसैगरी, एभियसन म्युजियमका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेती, कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँर, लिड नेपाल इन्कका अध्यक्ष अनिलकेशरी शाह, सिजी होल्डिङस्का अध्यक्ष अरुण चौधरी र नेपाल गैर आवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो समेत जुरी मेम्बरमा रहेका छन् ।

बेस्ट एयरलाइन्स अवार्ड (बान) को आयोजनामा हुने कार्यक्रमको सहआयोजकको रुपमा होटल ह्यायात प्लेस रहेको छ भने टाइटल स्पोन्सरमा नेपाल टुरिजम बोर्ड लगायतका कम्पनीहरू रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved