दोस्रो एकदिवसीयमा यूएईले दियो नेपाललाई १९२ रनको लक्ष्य

नेपालभ्युज

दोस्रो एकदिवसीयमा यूएईले दियो नेपाललाई १९२ रनको लक्ष्य

काठमाडौं। युएईविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले १९२ रनको लक्ष्य पाएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा युएई ४३.२ ओभरमा अलआउट हुँदै १९१ रन बनाएको हो।

युएईका लागि मोहम्मद वसीमले ५० र अलिशान शराफुले ३५ रन बनाए। यस्तै वृत्य अरविन्दले २५ र कप्तान चुन्दंगापोइल रिजवानले २२ रनको योगदान गरे।

नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले ३–३ विकेट लिए। यस्तै दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, करण केसी र गुल्सन झाले १–१ विकेट लिए।

३ खेलको सिरिजमा नेपाल १-० ले पछि परेको छ । आजको खेल जितेर सिरिज बराबरीमा ल्याउने नेपालको लक्ष्य छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved