प्रकाशमान भन्छन्- म युवा भएपनि ‘सिनियर’ नेता हुँ

‘कांग्रेस यस्तो हो भनेर विशेषत: युवापङ्क्तिलाई जानकारी दिनुपर्छ । कांग्रेसले यस्तो-यस्तो भूमिका खेलेको छ भनेर भन्नुपर्छ । कतिपय साथीहरू त बहुदल आएपछि जन्मिएका छन् । त्यसैले थाहा पनि नपाएका हुन सक्छन् । म त युवा भएपनि सिनियर हुँ नि त !’

नेपालभ्युज

प्रकाशमान भन्छन्- म युवा भएपनि ‘सिनियर’ नेता हुँ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् आसन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका नेता प्रकाशमान सिंहले आफू ‘सिनियर’ नेता भएकाे बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले भने, ‘म युवा भएपनि सिनियर नेता हुँ ।’

नेपाली कांग्रेसले आफूले गरेको कामबारे युवापङ्क्तिलाई जानकारी दिन नसकेको उल्लेख गर्दै उनले भने, ‘कांग्रेस यस्तो हो भनेर विशेषत: युवापङ्क्तिलाई जानकारी दिनुपर्छ । कांग्रेसले यस्तो-यस्तो भूमिका खेलेको छ भनेर भन्नुपर्छ । कतिपय साथीहरू त बहुदल आएपछि जन्मिएका छन् । त्यसैले थाहा पनि नपाएका हुन सक्छन् । म त युवा भएपनि सिनियर हुँ नि त !’

काठमाडौं १ बाट आफू ४औं पटक चुनाव लड्न लागेको स्मरण गर्दै उनले थपे, ‘प्रकाशमानलाई किन फेरि मत दिनु भनेर भनेको पनि सुनेँ । हो, मैले ३ पटक जिनिसकेँ । तर दुईपटक त संविधान लेखनमै बिताइयो नि त । ०७४ पछि त मैले जनताको काम गरेकै छु त । त्यसैले अब पुन: मलाई मत दिनुपर्‍यो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved