क्युरेक्स फार्मास्युटिक्ल्सको भिटामिन सी बिक्री नगर्न निर्देशन

नेपाल भ्युज

क्युरेक्स फार्मास्युटिक्ल्सको भिटामिन सी बिक्री नगर्न निर्देशन

काठमाडौं। औषधि व्यवस्था विभागले काभ्रेको बनेपास्थित क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन सी औषधिहरूको बिक्री वितरणमा रोक लगाएको छ।

विभागले उक्त औषधि बिक्री वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न सूचना प्रकाशित गरेको छ। Myvit-c (Ascorbic Acid) (Vitamin-C) IP500mg औषधिहरूका नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर रहेको पाइएको विभागले जनाएको छ।

विभागद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘यम विभागबाट निम्न उत्पादक र ब्याच नं. का औषधिहरूका नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशाला, काठमाडौंमा परीक्षण गर्दा देहायका औषधिहरूको न्यून गुणस्तर भएकोले उक्त ब्याच नं. का औषधिहरू औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण यस विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै उक्त औषधिहरूको सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न र नगराउनु हुन सम्बन्धित सबैलाई अनुरोध छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved