कर्णालीमा सत्ता गठबन्धनको निष्कर्ष : दुई तिहाइ ल्याउँछौं

नेपालभ्युज

कर्णालीमा सत्ता गठबन्धनको निष्कर्ष : दुई तिहाइ ल्याउँछौं

सुर्खेत। कर्णालीमा सत्तारुढ गठबन्धनहरुले आगामी चुनावमा प्रदेशसभामा दुई तिहाइ ल्याउने निष्कर्ष निकालेको छ । सोमबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा सत्तारुढ गठबन्धन दलका नेताहरूले पत्रकारसँग गरेको भेटमा दुई तिहाइ ल्याउने दाबी गरेका हुन् ।

कर्णाली प्रदेशमा १० वटै जिल्लामा सत्तारुढ गठबन्धनले निर्वाचन परिचालन तथा अनुगमन समितिले त्यहाँको बस्तुस्थिति बुझेर दुई तिहाइ बहुमत ल्याउने माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले दाबी गरिन् । ‘हामीले सबै जिल्लाको वस्तुस्थिति बुझेर र देखिएका समस्या समाधान गरेर यो निष्कर्ष निकालेका हौं,’ उनले भनिन्, ‘प्रतिनिधि सभाका १२ र प्रदेश सभाका २४ वटै निर्वाचन क्षेत्रमा गठबन्धनको पक्षमा उत्साहजनक सहयोग, समर्थन रहेको पाइयो ।’

गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने व्यक्तिहरूलाई कारबाही समेत गरिसकिएको केसीले जानकारी दिइन् । ‘त्यसलाई सुरक्षित गर्नका लागि गठबन्धनका नेता, कार्यकर्ताहरू एकजुट भएका छन् ।’ उनले भनिन्, ‘कर्णालीका सबै जिल्लामा गठबन्धन दलहरू नै विजयी हुनेछन् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved