हिमाञ्चल प्रदेश विधानसभा चुनावको लागि एक्जिट पोल नतिजा निषेधित

नेपालभ्युज

हिमाञ्चल प्रदेश विधानसभा चुनावको लागि एक्जिट पोल नतिजा निषेधित

नयाँ दिल्ली । भारतको निर्वाचन आयोगले आइतबार नोभेम्बर १२ देखि डिसेम्बर ५ सम्म कुनै पनि एक्जिट पोल सञ्चालन गर्न र एक्जिट पोलको नतिजा प्रकाशित गर्न निषेध गरेको छ।

उक्त अवधिमा कुनै पनि एक्जिट पोल सञ्चालन गर्न र नतिजा प्रकाशन गर्न निषेध गरिएको छ । शनिबार हिमाञ्चल प्रदेशको ६८ निर्वाचन क्षेत्रका लागि मतदान भएको थियो । उक्त मतदानको मतगणना भने डिसेम्बर ८ मा हुने तय गरिएको छ।

निर्वाचन आयोगको आधिकारिक घोषणा अनुसार राज्यमा झन्डै ७४.५४ प्रतिशत मत खसेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved