चितवनमा आज सत्ता गठबन्धनको चुनावी सभा, शीर्ष नेताहरूले सम्बोधन गर्ने

सत्तारुढ (लोकतान्त्रिक–वाम) गठबन्धनले आज (शनिबार) चितवनमा चुनावी सभा आयोजना गर्दै छ। सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ।

नेपालभ्युज

चितवनमा आज सत्ता गठबन्धनको चुनावी सभा, शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौं। सत्तारुढ (लोकतान्त्रिक–वाम) गठबन्धनले आज (शनिबार) चितवनमा चुनावी सभा आयोजना गर्दै छ। सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ।

देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई सहित नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ।

गठबन्धनबाट चितवन–१ मा कांग्रेसका विश्वराज पौडेल चितवन–२ मा कांग्रेसबाटै उमेश श्रेष्ठ र चितवन–३ मा माओवादी केन्द्रबाट भोजराज अधिकारी उम्मेदवार छन्। ठूला दलहरूलाई पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चुनौती बनेको छ । लामिछाने आफैँ चितवन–२ मा उम्मेदवार बनेका छन् भने त्यसको प्रभाव आसपासमा समेत परेको छ ।

त्यहाँ एमालेबाट क्षेत्र नं. १ मा सुरेन्द्र पाण्डे, क्षेत्र नं. २ मा कृष्णभक्त पोखरेल उम्मेदवार छन् । क्षेत्र नं. ३ मा भने एमालेका उम्मेदवार छैनन् । कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेका छन् । राप्रपाका विक्रम पाण्डे पनि त्यही क्षेत्रबाट उम्मेदवार छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved