राप्रपाको चुनावी सभा आज वसन्तपुर डबलीमा हुने, मनिषा कोइरालाले सम्बोधन गर्ने

नेपालभ्युज

राप्रपाको चुनावी सभा आज वसन्तपुर डबलीमा हुने, मनिषा कोइरालाले सम्बोधन गर्ने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार काठमाडौंको वसन्तपुर डबलीमा चुनावी सभा गर्दैछ।

दिउँसो १ बजे हुने सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेताहरू पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाले जानकारी दिएको छ।

सभामा अभिनेतृ मनिषा कोइरालाले समेत सम्बोधन गर्ने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

कोइरालाले उनले आफ्नो व्यस्त तालिकाबाट केही समय निकालेर राप्रपाको चुनावी अभियानमा सक्रिय हुन घर फर्किन लागेको जानकारी सामाजिक सञ्जालमार्फत् दिएकी थिइन्। मंसिर ४ हुन लागेको निर्वाचनमा राप्रपाले प्रतिनिधिसभातर्फ १३ र प्रदेश सभाका लागि ३० उम्मेदवार उठाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved