प्रधानमन्त्री कप : मधेसलाई पराजित गर्दै एपीएफ फाइनलमा

नेपालभ्युज

प्रधानमन्त्री कप : मधेसलाई पराजित गर्दै एपीएफ फाइनलमा

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा एपीएफ फाइनलमा पुगेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा एपीएफले मधेसलाई ७ विकेटले पराजित गरेको हो ।

१२३ रनको लक्ष्य एपीएफले २१.३ ओभरमा ३ विकेट गुमाएर भेटायो । एपीएफका लागि लोकेश बलले अविजित ३५ र प्रदीप ऐरीले ३३ रन बनाए । मधेसका लागि रुपेश सिंहले २ र राजेश यादवले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको मधेस ३१ ओभरमा १२२ रनमा अलआउट भयो । मधेसको लागि रुपेशले अविजित ३६ र सन्तोष कार्कीले २० रन बनाए । एपीएफका लागि कमल ऐरीले ४ तथा भुभन कार्की र मौसम ढकालले २–२ र किशोर महतोले १ विकेट लिए ।

शुक्रबार हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब भिड्दै छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved