पीएम कप

पहिलो सेमिफाइनलमा एपीएफ र मधेस प्रदेश भिड्दै

नेपालभ्युज

पहिलो सेमिफाइनलमा एपीएफ र मधेस प्रदेश भिड्दै

काठमाडौं। विभागीय टोली नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मधेस प्रदेशको सामना गर्दैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनलमा खेल बिहान ९:३० बजे सुरु हुनेछ। एपीएफ क्लब समूह ‘ए’ को विजेता भएर सेमिफाइनल प्रवेश गरेको थियो।

मधेस समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो। आजको खेलमा जित निकाल्दै मधेस प्रदेश फाइनलमा पुग्ने योजनामा छ। प्रधानमन्त्री कपमा मधेस प्रदेश पहिलो पटक फाइनलमा पुग्ने योजनामा छ।

यता एपीएफ पनि आजको खेलमा जित निकाल्दै उपाधि नजिक हुने योजनामा छ। दोस्रो सेमिफाइनलमा शुक्रबार दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी खेल्नेछन्। प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved