काठमाडौं । प्रदेश १ सरकारले वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखर चन्द्र थापाको निधनको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विहिबार प्रदेशका सरकारी कार्यालय, सार्वजनिक संघ सस्थाहरुमा शोक बिदा दिने निर्णय भएको प्रदेश सरकारले जनाएको छ ।
मोरङ निर्वाचन क्षेत्र नम्बर ३ (क) का उम्मेदवार समेत रहेका मन्त्री चन्द्रको निधनको शोकमा भोलि प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको निमित्त प्रदेश सचिव अर्जुन निरौलाले जानकारी दिए ।
‘प्रदेश १ का माननीय मन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा प्रदेश सरकारका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा कात्तिक २४ गते बिहीबार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने प्रदेश सरकारबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।

Facebook Comment
Comment